अफगानिस्तानमा दुई करोड ३० लाख मानिस अति भोकमरीको चपेटामा

अफगानिस्तानमा दुई करोड ३० लाख मानिस अति भोकमरीको चपेटामा

२०७८, माघ १४ शुक्रवार

  • 817
    SHARES

  • अफगानिस्तानमा दुई करोड ३० लाख मानिस अति भोकमरीको चपेटामा

    काबुल । अफगानिस्तानमा दुई करोड ३० लाखभन्दा बढी मानिस अति भोकमरीको जोखिममा रहेको एक अध्ययनले देखाएको छ ।

    नर्वेली शरणार्थी काउन्सिल (एनआरसी)ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा ठुलो सङ्ख्यामा अफगानिहरु भोकमरीको जोखिममा रहेको देखाइएको हो ।

    अफगानिस्तानमा परिवर्तित राजनीतिक अवस्थाका कारण आर्थिक सङ्कट उत्पन्न भएकाले भोकमरीबाट ठुलो मानवीय क्षति हुन नदिनेतर्फ विश्व समुदायले सोच्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    एनआरसीले भोकमरीको खतरामा रहेका अफगानी नागरिकका लागि खुलेर सहयोग गर्न पनि सबैलाई अनुरोध गरेको छ ।

    तत्कालीन विद्रोही तालिबान समूहले राजधानी काबुलमा आक्रमण गरेकाले तत्कालीन राष्ट्रपतिले देश छाडेर भागेपछि तालिबान सरकार बनेको हो ।

    अमेरिकाको समर्थन रहेको सरकारलाई हटाएपछि अमेरिकासहितका धेरै देशले तालिबान सरकारलाई सहयोग नगरेका हुन ।

    वैदेशिक सहयोग अधिकांश कटौती भएपछि अफगानिस्तानमा अहिले आर्थिक सङ्कट उत्पन्न भएको छ ।

    अनुदारवादी चरित्र देखाउने र अलोकतान्त्रिक शासन चलाउने आशङ्का गर्दै तालिबान सरकारलाई अमेरिकासहित धेरै देशले सहयोग गर्न हिचकिचाएका हुन । तर तालिबान सरकारका अधिकारीहरुले भने आफुहरु अनुदार र अलोकतान्त्रिक नहुने दाबी गर्दै आएका छन् । -एजेन्सी । 

    २०७८, माघ १४ शुक्रवार०७:४८:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार