एकताबद्ध भएर अघि बढ्न आह्वान : नेता रावल

एकताबद्ध भएर अघि बढ्न आह्वान : नेता रावल

२०७७, पौष १३ सोमवार

  • 1.2K
    SHARES

  • एकताबद्ध भएर अघि बढ्न आह्वान : नेता रावल

    पौष १३, कैलाली ।

    नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) स्थायी समिति सदस्य भीम रावलले देशलाई राजनीतिक स्थायित्वतर्फ लैजानका लागि सबैलाई एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरेका छन् ।

    आइतवार धनगढीमा आयोजित कार्यकर्ता भेलामा उनले लोकतन्त्रका हिमायती प्रत्येक देशभक्त नेपाली तथा नेकपाका सम्पूर्ण नेता र कार्यकर्तालाई पार्टी विभाजनको विरुद्धमा सशक्तरुपमा लाग्नुपर्ने बताए । 

    नेता रावलले देशको वर्तमान र भोलिको भविष्य सुरक्षित गर्न, स्वतन्त्र परराष्ट्र नीतिको सुरक्षा तथा नेपालको संविधानको रक्षार्थ एकताबद्ध भएर अघि बढ्न सबैलाई आग्रह गरे ।

    “नेपाल कम्युनिष्ट पार्टीको इतिहासमा धेरै उकाली, ओरालीको सामना गरेका छौँ”, उनले भने, “हामीले अब आउने दिनमा कानूनी र राजनीतिक दृष्टिकोणबाट सशक्तरुपमा पार्टी र कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने काममा लाग्नेछौँ ।” 

    २०७७, पौष १३ सोमवार०६:५६:३०
    प्रतिक्रिया
    सम्बन्धित समाचार