भेरोसेल खोप लगाएका ज्येष्ठ नागरिकलाई बुस्टरको रुपमा कोभिसिल्ड या एस्ट्राजेनेका खोप

भेरोसेल खोप लगाएका ज्येष्ठ नागरिकलाई बुस्टरको रुपमा कोभिसिल्ड या एस्ट्राजेनेका खोप

२०७८, माघ १५ शनिवार

  • 921
    SHARES

  • भेरोसेल खोप लगाएका ज्येष्ठ नागरिकलाई बुस्टरको रुपमा कोभिसिल्ड या एस्ट्राजेनेका खोप

    काठमाडौँ । सरकारले भेरोसेल खोप लगाएकाहरूलाई बुस्टरको रुपमा कोभिसिल्ड खोप दिने निर्णय गरेको छ ।

    भेरोसेल खोप अभाव भएपछि सरकारले कोभिसिल्डलाई नै बुस्टरका रूपमा दिन लागेको हो ।

    विश्व स्वास्थ्य संगठन तथा राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिस तथा मन्त्रीस्तरीय निर्णयले ६० वर्षभन्दा माथिका व्यक्तिहरुलाई कोभिडविरुद्धको बुस्टर प्रदान गर्दा पहिला (दोस्रो र पहिलो मात्रा) अन्तर्गत कोभिसिल्ड/ एस्ट्राजेनेका / मोडर्नारफाइजर र भेरोसेल खोप लगाएकाहरुलाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिने निर्णय गरेको हो ।

    २०७८, माघ १५ शनिवार१२:०२:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार