काठमाडौँ । पाच दल सम्मिलित सत्ता गठबन्धनको आज बिहान बसेको बैठक असफल भएको छ । बैठक आजै अपराह्न फेरि बस्ने भएको छ ।
स्थानीय तह निर्वाचनबारे छलफल गर्न शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुको बैठक बसेको थियो ।
स्थानिय तहको निर्वाचन गर्नै पर्ने दबाब महशुस गरेका सत्तारुढ दलका नेताहरुका आ-आफ्नै स्वार्थ बाझिनाले निर्वाचन घोषणा हुन सकेको छैन ।
आन्तरिक छलफल गरेर फेरि बैठक बस्ने गरी बिहानको बैठक सकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।