भारतमा ८७१ जना कोरोना संक्रमितको मृत्यु, २ लाख जनामा संक्रमण 

भारतमा ८७१ जना कोरोना संक्रमितको मृत्यु, २ लाख जनामा संक्रमण 

२०७८, माघ १५ शनिवार

  • 805
    SHARES

  • भारतमा ८७१ जना कोरोना संक्रमितको मृत्यु, २ लाख जनामा संक्रमण 

    नयाँ दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ३५ हजार ५३२ नयाँ कोरोना संक्रमित भेटिएका छन् । शुक्रबार सार्वजनिक गरिएको तथ्यांक अनुसार सोही अवधिमा ३लाख ३५ हजार ९३९ जना निको भएका छन् भने ८७१ जनाको मृत्यु भएको छ ।

    अघिल्लो दिन बिहीबार २ लाख ५१ हजार २०९ जना संक्रमित भेटिएका थिए भने ६ सय २७ जनाको मृत्यु भएको थियो । अघिल्लो दिनको तुलनामा १५ हजार ६७७ कम संक्रमित भेटिएका छन् अर्थात् नयाँ संक्रमितमा ६ प्रतिशतले कमी देखिएको छ ।

    यसैबीच शुक्रबारको दैनिक संक्रमणदर १३.३९ प्रतिशत रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो ८ दिनदेखि यहाँ नयाँ संक्रमित हुनेहरुको संख्यामा कमी आएको छ ।

    हाल भारतमा सक्रिय संक्रमितको संख्या २० लाख भन्दा बढी छ भने महामारी सुरु भएदेखि हालसम्म देशमा करिब ४ करोड ८ लाख भन्दा मानिसहरु संक्रमण भएका छन् । -एजेन्सी । 

    २०७८, माघ १५ शनिवार०१:१७:२१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार