गले माधव नेपाल, मलिन स्वर पार्दै भने बैशाखमै भएपनि निर्वाचन सामना गर्न तयार 

गले माधव नेपाल, मलिन स्वर पार्दै भने बैशाखमै भएपनि निर्वाचन सामना गर्न तयार 

२०७८, माघ १५ शनिवार

  • 1.1K
    SHARES

  • गले माधव नेपाल, मलिन स्वर पार्दै भने बैशाखमै भएपनि निर्वाचन सामना गर्न तयार 

    काठमाडौं । संविधानलाई आफ्नो ढंगले व्याख्या गर्दै आएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्वाचनका लागि तयार रहेको जनाउ दिएका छन् । 

    राजधानीमा आयोजित नेकपा एसनिकट निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरु चुनावबाट भाग्न खोजेको नभइ जुनसुकै समयमा चुनाव भए पनि सामना गर्न तयार भएको बताएका हुन् । तर उनले चुनावसम्म अहिलेको पाँच दलीय गठबन्धन कायम हुनपर्नेमा जोड दिए ।

    एमालेले गठबन्धन भत्काउने प्रयास गरिरहेको आरोप लगाउँदै अध्यक्ष नेपालले भने– हामी चुनावबाट डराएका छैनौं, तर गठबन्धन तोड्न खोज्नेहरुले अनेक भ्रम छरिरहेका छन् ।

    उनले अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने दाबी गरे । शनिबार गठबन्धनको बैठकमा सहभागी कांग्रेस नेताहरुले गठबन्धन निर्वाचनसम्म नै कायम रहने आश्वासन दिएको र प्रधानमन्त्री शेरबहादुर देउवासमेत त्यसमा सकारात्मक रहेको बताए ।
    उनले मन्तव्यलाई टुंग्याउँदै वैशाखमै भए पनि निर्वाचन सामना गर्न तयार रहेको बताएका छन् ।

     

    २०७८, माघ १५ शनिवार०२:२१:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार