मोरिससविरुद्ध नेपाली टोली मैदानमा, पहिलो रोजाइमै परे विमल

मोरिससविरुद्ध नेपाली टोली मैदानमा, पहिलो रोजाइमै परे विमल

२०७८, माघ १५ शनिवार

  • 2.0K
    SHARES

  • मोरिससविरुद्ध नेपाली टोली मैदानमा, पहिलो रोजाइमै परे विमल

    काठमाडौं । मोरिससविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली टोली मैदानमा उत्रिएको छ ।

    आजको खेलमा फरवार्ड विमल घर्तीमगर पुनः पहिलो रोजाइमा खेल्ने भएका छन् ।

    मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले घोषणा गरेको नेपाली टिममा फरवार्डमा सुनील बल, विमल घर्तीमगर र अजन विष्ट छन् । मिडफिल्डमा सुरजज्यू ठकुरी, तेज तामाङ सुमन लामा छन् ।

    त्यस्तै रक्षापंक्तिमा सुमन अर्याल, देवेन्द्र तामाङ, दिनेश राजवंशी र गौतम श्रेष्ठ छन् । गोलकिपरमा किरणकुमार लिम्बु छन् ।

    नेपाल र मोरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेल शनिबार दशरथ रंगशालामा हुँदैछ ।

    २०७८, माघ १५ शनिवार०४:४९:४३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार