क्यामरुन अफ्रिका कप अफ नेशन्सको सेमिफाइनलमा

क्यामरुन अफ्रिका कप अफ नेशन्सको सेमिफाइनलमा

२०७८, माघ १६ आइतवार

  • 945
    SHARES

  • क्यामरुन अफ्रिका कप अफ नेशन्सको सेमिफाइनलमा

    काठमाडौँ । आयोजक क्यामरुन अफ्रिका कप अफ नेशन्सको सेमिफाइनलमा प्रवेश गरेको छ।

    शनिबार राति भएको क्वाटरफाइनलमा गाम्बियालाई २–० ले पराजित गरेर क्यामरुनले अन्तिम चारमा स्थान पक्का गरेको हो । क्यामरुनको जितमा दुवै गोल टोको एकाम्बीले गरे ।

    उनले ५० र ५७ औँ मिनेटमा गोल गरेका हुन् । आयोजक क्यामरुसनले सेमिफाइनलमा आउँदो बिहीबार इजिप्ट वा मोरक्कोसँग प्रतिस्पर्धा गर्ने छ ।

    यसैबीच ट्युनिसियालाई स्तब्ध पार्दै बुर्र्किना फासो सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा बुर्किना फासोले ट्युनिसियामाथि १–० को जित दर्ता गरेको हो ।

    उसका लागि डांगो ओटाराले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका हुन्। उनी ८२ औँ मिनेटमा सिधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि बुर्किना फासो १० खेलाडीमा सीमित भएको थियो । -एजेन्सी । 

    २०७८, माघ १६ आइतवार०९:०२:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार