अमेरिकामा कोभिडका कारण मृत्यु हुने बढ्दै

अमेरिकामा कोभिडका कारण मृत्यु हुने बढ्दै

२०७८, माघ १६ आइतवार

  • 1.0K
    SHARES

  • अमेरिकामा कोभिडका कारण मृत्यु हुने बढ्दै

    न्युयोर्क। संयुक्त राज्य अमेरिकामा कोभिडका कारण हुने मृत्यु बढ्दो रुपमा रहेको देखिएको छ । यसलाई अमेरिकाका अधिकारीहरुले चिन्ताजनक पनि भनेका छन् ।

    प्राप्त पछिल्लो समाचारअनुसार यहाँ गएको सात दिनसम्म कोभिडका कारण हुने मृत्यु बढ्दै गएको छ । बुधबार मात्र यहाँ २४ घण्टामा कोभिडबाट २ हजार भन्दा बढीको ज्यान गएको छ ।

    बुधवारको पछिल्लो तथ्यांकअनुसार यहाँ एकै दिनमा कोभिडबाट २ हजार २५९ जनाको ज्यान गएको थियो । तर उता कोभिडबाट हुने सङ्क्रमितको सङ्ख्या भने अहिले घटेको छ । पछिल्लो केही दिनयता यो सङ्क्रमण दरमा करिब १३ प्रतिशतले कमी आएको देखिएको छ ।

    यहाँ दैनिक ६ लाखभन्दा बढी नै सङ्क्रमित पाइने गरेका छन् । अमेरिका कोभिडबाट सबैभन्दा बढी प्रभावित देशमा पर्दछ । अमेरिकामा विश्वमा नै कोभिडबाट सबैभन्दा बढी नागरिकको ज्यान गएको छ भने सङ्क्रमण दर पनि धेरै रहेको पाइएको छ ।

    यहाँ अहिलेसम्म कोभिडबाट ९ लाख ६ हजार भन्दा बढीको ज्यान गएको छ । विश्वका अरु देशको तुलनामा यो सबैभन्दा बढी हो । -एजेन्सी ।

    २०७८, माघ १६ आइतवार१२:२५:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार