मोरिसससँग दोस्रो खेल खेल्दै नेपाल 

मोरिसससँग दोस्रो खेल खेल्दै नेपाल 

२०७८, माघ १८ मंगलवार

  • 861
    SHARES

  • मोरिसससँग दोस्रो खेल खेल्दै नेपाल 

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले पश्चिम अफ्रिकी देश मोरिसससँग दोस्रो मैत्रीपूर्ण खेल आज खेल्दैछ । फिफा डे को अवसरमा नेपालले मोरिसससँग दुई मैत्रीपूर्ण फुटबल आयोजना गरेको थियो । पहिलो खेलमा नेपाल १–० ले विजयी रह्यो ।

    चोट र कारवाही भोग्दै दुई वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका स्ट्राइकर विमल घर्तीमगरको निर्णायक गोल पश्चात दशरथ रंगशालामा शनिबार नेपालले जित निकालेको थियो ।

    दोस्रो खेल पनि आज पौने पाँच बजेदेखि दशरथ रंगशालामै हुनेछ । स्वास्थ्या सुरक्षा मापदण्ड पालना गरी क्षमताको एक दिहाई दर्शक राख्न सरकारले अनुमति दिएका कारण यो खेलमा पनि दर्शकको उपस्थिति हुनेछ । अखिल नेपाल फुटबल संघ एन्फाले अघिल्लो खेलमा ३ हजार टिकट बेचेको थियो । एन्फाले साधारण प्यारापिटतर्फ ५ सय र भीआईपीतर्फ १ हजार टिकटमूल्य तोकेको छ ।

    आजको खेलमा नेपालको जित लक्ष्य हुनेछ । मरिसस नेपाल भन्दा ३ स्थान तलको वरिएताको फुटबल टिम हो । 

    झन्डै साढे दुई वर्षमा अन्तर्राष्टिय खेल खेलको मोरिसस वरीयताको १७२औं स्थानमा छ भने नेपाल १६९औं स्थानमा छ । शरीरिक रुपमा नेपालमाथि हावि हुन खोजे पनि मोरिसस तथ्यांकमा कमजोर नै छ ।

    पहिलो पटक अफ्रिकी राष्ट्रसँग मैत्रीपूर्ण खेल खेलको नेपालका लागि लगातार जित नै प्रमुख लक्ष्य हो । मोरिससका पाँच मुख्य खेलाडी कोरोना भाइरस संक्रमण पुष्टि भएका कारण पहिलो खेलमा उपस्थित थिएनन् । उसका फ्रान्सेली प्रशिक्षक मारी टोनीले उनीहरुले दोस्रो खेलमा खेल्न सक्ने बताएका थिए ।

    नेपालका प्रशिक्षक अल्मुताइरीले पनि दुई मैत्रीपूर्ण खेलका लागि दुई टोली बनाएका छन् । आजको खेलमा केहि खेलाडीको डेब्यूको सम्भावना पनि छ । पहिलो खेलमा उनले सातदोबाटो युथ क्लबबाट ‘ए’ डिभिजन लिग खेलिरहेका दुई मिडफिल्डर सुदीप गुरुङ र आकाश बुढामगरलाई राष्ट्रिय टोलीबाट डेब्यू गराएका थिए । बिमल, जगजीत श्रेष्ठ र देवेन्द्र तामाङले टोलीमा पुनरागमन गरेका थिए ।

    २०७८, माघ १८ मंगलवार०८:५०:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार