घाइते फुटबल खेलाडीको कतारमा उपचार गरिने

घाइते फुटबल खेलाडीको कतारमा उपचार गरिने

२०७७, पौष १३ सोमवार

  • 1.4K
    SHARES

  • घाइते फुटबल खेलाडीको कतारमा उपचार गरिने

    पौष १३, काठमाडौं ।

    घाइते नेपाली फुटबल खेलाडी विमल घर्ती मगर र विक्रम लामाको कतारमा उपचार गरिने भएको छ ।

    राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण खेलाडी  मगर र लामाको उपचारका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कतार फुटबल सङ्घलाई अनुरोध गरेको थियो । कतारले सहमति जनाएपछि अब दुवै खेलाडीको उपचार विदेशमा हुने भएको हो ।

    एन्फा प्रवक्ता किरण राईका अनुसार मगर र लामा घाइते भएपछि दुवैले बन्द प्रशिक्षण गुमाएका छन् । दुवै खेलाडी एक वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका हुन् । 

     घाइते भएका कारण उनीहरुले प्रशिक्षण तथा विश्वकप फुटबलको छनोट खेल गुमाउने राईले बताए । लामाको खुट्टाको चोट बल्झिएको छ । उनि थ्री स्टारबाट खेल्ने क्रममा तीन वर्षअघि घाइते भएका थिए ।

    मगर भने बन्द प्रशिक्षणका क्रममा घाइते भएका हुन् । उनको घुँडामा गम्भीर चोट लागेको छ । यसअघि एन्फाले नवीन महर्जन र रवीन श्रेष्ठलाई उपचारका लागि कतार पठाएको थियो ।

    २०७७, पौष १३ सोमवार०२:०३:०८
    प्रतिक्रिया
    सम्बन्धित समाचार