बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पदीय मर्यादा नाघे : नेकपा एमाले

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पदीय मर्यादा नाघे : नेकपा एमाले

२०७८, माघ २० बिहिवार

  • 1.3K
    SHARES

  • बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पदीय मर्यादा नाघे : नेकपा एमाले

    हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई पदीय मर्यादा कायम राख्न नसकेको नेकपा एमालेले आरोप लगाएको छ । एमाले बागमती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै पदीय मर्यादा विपरीत संसदीय पद धारण गरेका व्यक्तिहरूमाथि केन्द्रीत भएर मुख्यमन्त्री पाण्डे गाली गलौजमा उत्रिएको आरोप लगाएका हुन् ।

    गत मंगलबार बागमती प्रदेशसभाको चौथो वार्षिकोत्सव कार्यक्रममा मुख्यमन्त्री पाण्डे र पूर्व मुख्यमन्त्री डोरमणि पौडेल तथा प्रमुख विपक्षी नेकपा एमाले संसदीय दलका नेता अष्टलक्ष्मी शाक्य र सभामुख सानुकुमार श्रेष्ठबीच सवाल जवाफ भएको थियो । सोही विषयलाई लिएर एमालेका प्रमुख सचेतक निरौलाले प्रेस विज्ञप्तिमार्फत उक्त आरोप लगाएका हुन् ।

    प्रमुख सचेतक निरौलाले पाण्डे नेतृत्वको सरकार भ्रष्टाचारमा संलग्न भएको भन्दै त्यसका विरुद्ध एमाले कडा प्रतिवादमा उत्रिने चेतावनी दिए । उनले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘सरकारको नेतृत्व गरिरहेको व्यक्तिले सरकारको काम कारवाही र खर्चको बारेमा आम नागरिक, बुद्धिजीवी तथा सञ्चार जगतले तिव्र विरोध गरिरहँदा प्रदेश सरकारका प्रमुख स्वयंले सरकारले खर्च नगरे कसले गर्छ त ? भन्ने अत्यन्तै गैरजिम्मेवार र पदीय मर्यादा विपरीत गैरकानूनी अभिव्यक्ति सार्वजनिक सभा समारोहहरुमा दिने, सरकारको नेतृत्व आफूले गरिरहेको समेत भुलेर प्रतिपक्ष जस्तो व्यवहार प्रस्तुत गर्ने, पदको मर्यादा भुलेर व्यक्तिगत गाली गलौजमा उत्रने क्रियाकलाप अत्यन्तै खेदजनक छ ।’

    प्रमुख सचेतक निरौलाले भविष्यलाई सोचेर निर्माण गरिएको संविधानको गलत व्याख्या गर्दै मन्त्रालय फुटाएर प्रशासन लगायत अन्य खर्च बढाएर र राज्य स्रोतको चरम दुरुपयोग गरेको विज्ञप्तिमार्फत बताए । उनले प्रदेशको सबैभन्दा ठूलो तथा आम नागरिकप्रति पूर्ण जिम्मेवार दल भएको नाताले त्यस्ता क्रियाकलापको विरुद्धमा लागेर जनता समक्ष भण्डाफोर गरिने बताए ।

    विज्ञप्तिमा भनिएको छ, ‘संघीयता विरोधीहरुका लागि टाउको उठाउन र संघीयतालाई ध्वस्त पार्न यो भन्दा राम्रो अवसर के हुनसक्छ र ? त्यसैले हामी प्रदेश सरकार र यसको नेतृत्वकर्तालाई सच्चिन तथा विधि र थितिको शासन सञ्चालन गर्दै नागरिकका समस्या समाधान गर्न अनुरोध गर्दछौं ।’

    bigyapti-1.jpgbigyapti-11.jpg

    २०७८, माघ २० बिहिवार०६:००:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार