अफ्रिका कप अफ नेसन्सको उपाधिमा इजिप्ट र सेनेगल भिड्ने

अफ्रिका कप अफ नेसन्सको उपाधिमा इजिप्ट र सेनेगल भिड्ने

२०७८, माघ २१ शुक्रवार

  • 1.2K
    SHARES

  • अफ्रिका कप अफ नेसन्सको उपाधिमा इजिप्ट र सेनेगल भिड्ने

    योण्डे । क्यामरुनलाई पेनाल्टी शुटआउटमा पराजित गरी इजिप्टले अफ्रिका कप अफ नेसन्सको उपाधिका लागि सेनेगलसँगको भेट निश्चित गरेको छ । सेनेगलले पहिलो सेमिफाइनलमा बुर्किना फासोलाई हराउँदै हराएको थियो ।

    निर्धारित र अतिरिक्त समयमा गोलरहित बराबरी भएपछि पेनाल्टीबाट नतिजा छिनोफानो गर्दा इजिप्टका गोलरक्षक गावास्कीले सानदार प्रदर्शन गरे । ३३ वर्षीय गोलकिपर गाबास्कीले दुई पेनाल्टी बचाउँदै टिमलाई फाइनलमा पुर्‍याएका हुन् ।

    उपाधिका लागि सेनेगल र इजिप्ट आइतबार भिड्नेछन् । फाइनल खेल इंग्लिस क्लब लिभरपुलका दुई सुपरस्टार साडियो माने र मोहम्मद सलाहको भिडन्तको रुपमा समेत हेरिनेछ । -एजेन्सी । 

    २०७८, माघ २१ शुक्रवार०७:३४:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार