अफ्रिका कप अफ नेसन्सको उपाधि सेनेगललाई

अफ्रिका कप अफ नेसन्सको उपाधि सेनेगललाई

२०७८, माघ २४ सोमवार

  • 929
    SHARES

  • अफ्रिका कप अफ नेसन्सको उपाधि सेनेगललाई

    योण्डे । इजिप्टलाई पेनाल्टी शुटआउटमा इ पराजित गर्दै सेनेगलले पहिलो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ । यो खेललाई इंग्लिस क्लब लिभरपुलका दुई सुपरस्टार साडियो माने र मोहम्मद सलाहबीचको प्रतिष्ठाको लडाईं मानिएको थियो ।

    जहाँ मानेको टोली सेनेगलले उपाधि जित्यो । आइतबार राति क्यामरुनमा भएको फाइनल खेलमा निर्धारित समय र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेलको छिनोफानो पेनाल्टी सुट आउटमा भएको थियो ।

    मानेले निर्णायक पेनाल्टी प्रहार गर्दा सेनेगल ४-२ ले विजयी भयो । यसअघि खेलको सातौं मिनेटमा लिभरपुलका फरवार्ड साडियो मानेले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा सेनेगलले अग्रता बनाउने अवसर गुमायो ।

    क्वाटरफाइनलमा मोरक्कोमाथि अतिरिक्त समय र सेमिफाइनलमा आयोजक क्यामरुनमाथि पेनाल्टीमा जित हासिल गरी फाइनल पुगेको मोहम्मद सलाहको इजिप्टले उपाधिका लागि निर्णायक पेनाल्टीमा भने चुक्न पुग्यो । इजिप्टका मोहम्मद अब्देलमोनेम र मोहनद नसिमले पेनाल्टीमा गोल गर्न सकेनन् भने सेनेगलका बोउना सारले पेनाल्टीमा गोल गर्न सकेनन् । -एजेन्सी । 

    २०७८, माघ २४ सोमवार०८:१६:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार