सेयर कारोबार नेप्से झिनो आज झिनो अंकले बढेको छ। तर सेयर कारोबार भने ४ अर्ब रुपैयाँ मुनि छ।
आज परिसूचक ८.५९ अंकले बढेर २००७.३२ विन्दु उक्लिएको छ।
आज नेप्से उपसमूहमा रहेका १२ वटा समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने ३ वटामा रातो छ।
आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ९७.७९ अंकले उकालो लागेको छ। निर्जीवन बीमा समूह ७५.३३ अंकले बढेको यो दिन जीवन बीमा समूहमा २९.६५ अंक, बैंकिङ समूहमा ९.३४ अंक, होटेल्स् समूहमा ३.४३ अंक, जलविद्युत् समूहमा २.७४ अंक, वित्त समूहमा २.०५ अंक, लघुवित्त समूहमा ६.०८ अंक र म्युचुअल फन्ड समूहमा ०.०३ अंकको बढोत्तरी भएको छ।
आज नेप्सेमा सूचीकृतमध्ये २१४ कम्पनीका ७४ लाख ९७ हजार ३८४ कित्ता सेयर ३ अर्ब ८५ करोड ३ लाख २० हजार ४५ रुपैयाँमा कारोबार भएको छ।
आज नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै ३४ करोड ९१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
नागरिक लगानी कोषको ३२ करोड ३५ लाख रुपैयाँबराबरको कारोबार भएको आज एनआईसी एसिया बैंकको ३० करोड रुपैयाँ, नबिल बैंकको २४ करोड ३४ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको २१ करोड १७ लाख रुपैयाँ, एनसीसी बैंकको १८ करोड ११ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको १२ करोड ७४ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १२ करोड ४९ लाख रुपैयाँ, प्रभु बैंकको ९ करोड १८ लाख रुपैयाँ र प्राइम कमर्सियल बैंकको ८ करोड ९४ लाख रुपैयाँबराबरको कारोबार भएको छ।