नेपाल खेलकुद महासंघको संयोजकमा पर्शुराम बस्नेत

नेपाल खेलकुद महासंघको संयोजकमा पर्शुराम बस्नेत

२०७८, माघ २४ सोमवार

  • 1.3K
    SHARES

  • नेपाल खेलकुद महासंघको संयोजकमा पर्शुराम बस्नेत

    काठमाडौं । नेपाल खेलकुद महासंघको संयोजकमा पर्शुराम बस्नेत चयन भएका छन । नेपाल खेलकुद महासंघ (नेकोस) को सातौं पदाधिकारी बैठकबाट पर्शुराम बस्नेतको नेतृत्वमा १९९ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ।

    नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा जनसंगठनका समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, नेकपा एमाले पोलीटब्युरो सदस्य तथा नेकोस इन्चार्ज गोकुल बास्कोटा, नेकपा एमाले केन्द्रीय सदस्य तथा जनसंगठनका समन्वय संयन्त्रका उपप्रमुख रचना खड्का नेकोसका अध्यक्ष तथा सह इन्चार्ज रमेशकुमार पौडेल लगायतको उपस्थितिमा भएको बैठकले नेकोसका बरिस्ट उपाध्यक्ष रहेका बस्नेतलाई संयोजकमा चयन गरेको हो।

    प्रदेस नं १ खेलकुद परिषदका सदस्य सचिव समेत रहेका बस्नेत युवा संघ नेपालको पुर्व उपाध्यक्ष रहिसकेका छन्।

    २०७८, माघ २४ सोमवार०९:३१:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार