मंसिर १५,काठमाडौं ।
पछिल्लो २४ घण्टामा १ हजार ४७४ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९३१ संक्रमित निको भएका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । सक्रिय संक्रमितको संख्या १७ हजार ४२३ छ ।
मन्त्रालयका अनुसार १७ हजार ४२३ जना आइसोलेसनमा रहेका छन् । ५३५ क्वारिन्टिनमा बसेका छन्।
पछिल्लो २४ घण्टामा २९ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ५०८ पुगेको छ ।