अदालतको निर्णय स्वीकार्य – डा कोइराला

अदालतको निर्णय स्वीकार्य – डा कोइराला

२०७७, पौष १३ सोमवार

  • 1.5K
    SHARES

  • अदालतको निर्णय स्वीकार्य –  डा कोइराला

    पौष १३, मोरङ ।


    नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ ले संसद् विघटनको विरोधमा आज यहाँ -याली र कोणसभाको आयोजना गरेको छ ।

    वीरेन्द्र सभागृहबाट निकालिएको -याली नगरपरिक्रमापश्चात् जनआन्दोलन चोकमा कोणसभामा परिणत भएको थियो । सो कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धी सर्वोच्च अदालतको निर्णय स्वीकार्य हुने बताए ।

    उनले कांग्रेस वामपन्थीसँग सहकार्य गरी सरकारमा सहभागी नहुने प्रष्ट पार्दै एक्लै निर्वाचनको तयारीका लागि पालिकास्तरमा विरोधसभा गर्नुपर्नेमा जोड दिएका छन् ।

    केन्द्रीय सदस्य डा कोइरालाले राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रलाई सवल बनाउने जिम्मेवारी नेकाको काँधमा आएको छ भने । अर्का केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले संसद् विघटनबाट संविधान कार्यान्वयनमा अवरोध सिर्जना भएको आरोप लगाउँदै विधिको शासन स्थापना गर्नुपर्नेमा जोड दिए ।

    सांसद रमेशजङ्ग रायमाझीले वर्तमान सरकार शिक्षा, स्वास्थ्य र नागरिकको उपचार कार्यमा लाग्नुपर्ने बताउए । प्रदेश नं १ प्रदेशसभामा प्रतिपक्षी दलका प्रमुख सचेतक केदार कार्कीले जनताको अधिकार स्थापित गराउन सडक आन्दोलन जारी रहने छ भनेका छन् ।

    २०७७, पौष १३ सोमवार०४:२४:४७
    प्रतिक्रिया
    सम्बन्धित समाचार