पछिल्लो २४ घण्टामा ६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५७८ जनाको परीक्षणमा ४०७ जना पुरुष र २५२ जना महिला गरी ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७१८ रहेको छ ।
हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५० हजार ५८१ पुगेको छ भने हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ४२७ रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १८३२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा २०७, भक्तपुरमा २२ र ललितपुरमा ४९ जना संक्रमित भेटिएका छन् ।