प्रचण्डलाई भेटेर कोइरालाले भने : म चुनावी गठबन्धनको पक्षमा छैन

प्रचण्डलाई भेटेर कोइरालाले भने : म चुनावी गठबन्धनको पक्षमा छैन

२०७८, माघ २७ बिहिवार

  • 793
    SHARES

  • प्रचण्डलाई भेटेर कोइरालाले भने : म चुनावी गठबन्धनको पक्षमा छैन

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।

    नेता कोइराला भेटवार्ताका लागि आज (बिहीबार) बिहान प्रचण्ड निवास खुमलटार गएका थिए । भेटमा एमसिसी, स्थानीय चुनाव लगायतका विषयमा छलफल भएको थियो ।

    भेटमा अध्यक्ष प्रचण्डले चुनावमा गठबन्धन गरेर जान प्रस्ताव राखेका थिए । तर कोइरालाले आफू चुनावी गठबन्धनको पक्षमा नरहेको बताएका थिए ।

    ‘गठबन्धन गर्ने भए सरकारमा गरौँला, तर चुनावमा म कुनै हालतमा गठबन्धन गर्दिनँ,’ कोइरालाले भनेका छन् । । 

    नेताद्धयको भेटमा प्रचण्डले पटक–पटक चुनावी गठबन्धनको कुरा गरेका थिए तर कोइरालाले त्यसलाई अस्वीकार गरेका थिए ।

    डा. कोइरालाले एमसिसीको विषयमा अलमल नगर्न सुझावसमेत दिएका थिए । स्वीकार गर्ने भए संसदबाट छिटो पास गर्न र अस्वीकार गर्ने भए पनि संसदबाटै गर्नुपर्ने उनको धारणा थियो ।

    काँग्रेस नेता कोइरालाले दुई दिन अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए ।

    २०७८, माघ २७ बिहिवार०२:११:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार