काठमाडौं । ट्वान्टी-२० विश्वकप क्रिकेछ ग्लोवल क्वालिफायरका लागि ओमान पुगेको नेपाली टोलीले आजदेखि चार देश सम्मिलित ट्वान्टी-२० अन्तरराष्ट्रिय शृंखला खेल्दैछ । शृंखलाको पहिलो खेलमा ओमान र नेपालबीच आज प्रतिस्पर्धा हुँदैछ ।
आज नेपाली समयअनुसार दिउँसो पौने ४ बजेदेखि नेपाल र ओमानको खेल सुरु हुनेछ । नेपाल र ओमानसँगै युएई र आयरल्याण्ड सम्मिलित शृंखलालाई नेपालले आफ्नो कमजोरी पहिल्याउने र सुधार गर्ने अवसरका रुपमा लिने जनाइएको छ ।
ओमानमा पहिलो पटक सन्दीप लामिछानेले कप्तानी गर्दा विवेक यादब, लोकेश बम र सागर ढकालले सिनियर टोलीबाट पहिलो पटक खेल्नेछन् । यस शृंखला पछि १४ सदस्यीय टोलीले विश्वकपको ग्लोबल छनोट खेल्नेछ ।