अफगानिस्तानमा तत्काल सहयोग नगरे १० लाख बालबालिका मर्न सक्छन् : युनिसेफ

अफगानिस्तानमा तत्काल सहयोग नगरे १० लाख बालबालिका मर्न सक्छन् : युनिसेफ

२०७८, माघ २८ शुक्रवार

  • 1.1K
    SHARES

  • अफगानिस्तानमा तत्काल सहयोग नगरे १० लाख बालबालिका मर्न सक्छन् : युनिसेफ

    काबुल । अफगानिस्तानमा बालबालिकाहरुका लागि तत्काल ठुलो सहयोग नगरे दश लाख बालबालिकाको मृत्यु हुनसक्ने दाबी गरिएको छ ।

    संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको राष्ट्रसङ्घीय बालकोष ९युनिसेफ०ले बालबालिकाको जीवन खतरापूर्ण अवस्थामा रहेको चेतावनी दिएको हो ।

    युनिसेफले बालबालिकाको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विश्व समुदायले तत्काल सहयोग गर्नुपर्नेमा जोड दिएको छ ।

    विशेष गरेर आधारभूत खाद्य सेवासमेत नभएकाले बालबालिकाहरुमा कुपोषणलगायतका रोगसँगै विभिन्न समस्याहरू उत्पन्न भएकाले उनीहरूको जीवन जोखिममा रहेको युनिसेफका अधिकारीहरूको भनाइ छ ।

    ‘तत्काल ठोस सहयोग गर्ने कार्य गरिएन भने कम्तीमा दश लाख बालबालिकाको ज्यान जान सक्छ, त्यसैले उच्च प्राथमिकताका साथ सहयोगका लागि काम गर्नुपर्ने टट्कारो आवश्यकता छ,’ अफगानिस्तानस्थित युनिसेफको कार्यालयले उल्लेख गरेको छ ।

    कुपोषणलगायतका विभिन्न समस्याबाट ग्रसित बालबालिकाहरूको सङ्ख्या पनि दिन प्रतिदिन बढी रहेको युनिसेफले जनाएको छ ।

    बालबालिकालाई आवश्यकताअनुसार पोषणयुक्त खाद्य पदार्थ उपलब्ध गराउन सरकारले नसकेको अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले पनि स्वीकार गरेको छ । -एजेन्सी ।

    २०७८, माघ २८ शुक्रवार१०:०२:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार