एमसीसी अनुदान हो भने यत्रो दबाब किन ? -युवा नेता रश्मी आचार्य

एमसीसी अनुदान हो भने यत्रो दबाब किन ? -युवा नेता रश्मी आचार्य

२०७८, माघ २८ शुक्रवार

  • 1.1K
    SHARES

  • एमसीसी अनुदान हो भने यत्रो दबाब किन ? -युवा नेता रश्मी आचार्य

    काठमाडौं । अमेरिकी अनुदान सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को संसदीय अनुमोदनलाई चाँडो टुंग्याउन अमेरिकी उपविदेशमन्त्री डोनाल्ड लूले विहिबार नेपालका तीन प्रमुख दलका शीर्ष नेताहरुलाई चर्को दबाब दिएका छन् । 

    प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको टेलिफोन संवादमा कूटनीतिज्ञ लूले फेव्रुअरी २८ भित्र एमसीसी पारित गर्न आग्रह गरेको सम्बन्धित दलले जनाएका छन् । 

    अमेरिकाले फेव्रुअरी २८ भित्रै सम्झौता पास गर्न नेपाललाई दवाव दिइरहेको छ ।

    अनुदानको विषय उठाएर अमेरिकी चेतावनी आउनु हाम्रो सार्वभैमिकतामा दखल दिने कदम भएको अनेरास्ववियु विद्यार्थी नेता रश्मी आचार्यले बताए । देश सानो होस् वा ठुलो, विकसित होस् वा अविकसित सबै देशको सार्वभौमिकता बराबर हुन्छ आचार्यले भनेका छन् ।

    उनले प्रतिप्रश्न गर्दै सामाजिक संजालमा लेखेका छन्, "एमसीसी अनुमोदन सँग जोडेर अमेरिकी चेतावनी आउनु हाम्रो सार्वभौमिकतामा दखल दिने कदम हो। देश सानो होस् वा ठुलो, विकसित होस् वा अविकसित सबै देशको सार्वभौमिकता बराबर हुन्छ।
    एमसीसी अनुदान हो भने यत्रो दबाब किन ?
    अनुदान लिएनौ भने राम्रो हुन्नू भन्नु यस संग जोडिएका धेरै प्रश्नहरुको स्वंय उत्तर आउनु हो । सचेत होऔं ।"

    २०७८, माघ २८ शुक्रवार१०:३३:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार