माओवादी केन्द्रको बैठक फागुन २ को सदन पश्चात मात्र

माओवादी केन्द्रको बैठक फागुन २ को सदन पश्चात मात्र

२०७८, माघ २८ शुक्रवार

  • 885
    SHARES

  • माओवादी केन्द्रको बैठक फागुन २ को सदन पश्चात मात्र

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको बैठक फागुन २ को सदन नियालेर मात्रै बस्ने भएको छ ।

    माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले फागुन २ मा बस्ने सङ्घीय संसद् बैठकमा एमसिसीले गर्दा विकसित हुन सक्ने राजनीतिक घटनाक्रमलाई नियालेर मात्रै केन्द्रीय समिति बैठक बस्ने बताएका हुन् ।

    आज शुक्रबार र भोलि शनिबार का लागि तय गरिएको बैठक माओवादीले स्थगित गरेको छ । कोरोनाको कारण देखाइएकोमा बैठक स्थगित हुनुमा राजनीतिक कारण देखिएको छ ।

    ‘संसद्‍मा एमसिसीबारे त क्लियर हुनुपर्‍यो । नभईकन बैठक बसेर छलफल गर्नु उचित छैन । संसदमा एमसिसीबारेको अवस्था के हुन्छ ? त्यसपछि कसरी जाने ? के गर्ने ? अनि चाहिँ बैठक बस्नु ठिक हुन्छ’ नेता गजुरेलले भने ।

    स्थानीय निर्वाचन, निर्वाचन केन्द्रित जिम्मेवारी केन्द्रीय सदस्यहरूलाई दिने र महासचिवसहितको पदाधिकारी छनोट बैठकका एजेन्डा थिए ।

    २०७८, माघ २८ शुक्रवार१२:४१:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार