कोरोना बढेपछि दक्षिण कोरियामा नेपाली श्रमिक लैजान फेरि रोक

कोरोना बढेपछि दक्षिण कोरियामा नेपाली श्रमिक लैजान फेरि रोक

२०७८, माघ २९ शनिवार

  • 1.3K
    SHARES

  • कोरोना बढेपछि दक्षिण कोरियामा नेपाली श्रमिक लैजान फेरि रोक

    काठमाडौं । केही दिनदेखि दक्षिण कोरियामा पुनः कोरोना भाइरसको सङ्क्रमणदर तीव्र गतिमा फैलन थालेपछि कोरिया सरकारले नेपाललगायत अन्य देशबाट श्रमिक लैजान रोक लगाएको छ ।

    पुनः कोरोना भाइरसको सङ्क्रमण दर तीव्र गतिमा फैलन थालेपछि नेपाललगायत अन्य देशबाट समेत श्रमिक लैजान रोक लगाइएको र १४ फेब्रुअरीमा तय भएको नियमित उडान तालिका स्थगन गरिएको दक्षिण कोरियाको श्रम तथा रोजगार मन्त्रालयलाई उद्धत गर्दै सउलस्थित नेपाली दूतावासले जानकारी गराएको छ । 

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया जान भाषा परीक्षा पास गरी लामो पर्खाइपछि १४ फेब्रुअरीमा उडान तय भएर रोकिएका श्रमिकहरूको अर्को उडान तालिका छिट्टै सार्वजनिक गर्न पहल भइरहेको बताए ।

    उनले सङ्क्रमण दर कम हुनासाथ रोकिएका श्रमिकहरूलाई तत्काल पठाउने व्यवस्था गर्ने पनि बताए ।

    रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत भाषा र सिप परीक्षा उत्तीर्ण गरी दक्षिण कोरिया जाने पर्खाइमा रहेका नेपाली श्रमिक लामो समयदेखि रोकिएकामा सरकारले पहल गरेर नियमित रूपमा जाने व्यवस्था गरेको थियो । -रासस

    २०७८, माघ २९ शनिवार०८:१५:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार