देउमाई गोल्डपकप फुटबल फागुन पहिलो साता

देउमाई गोल्डपकप फुटबल फागुन पहिलो साता

२०७८, माघ २९ शनिवार

  • 1.3K
    SHARES

  • देउमाई गोल्डपकप फुटबल फागुन पहिलो साता

    मङ्गलबारे । इलामको देउमाई नगरपालिकाको मङगलबारेमा आगामी फागुन पहिलो सातादेखि प्रथम देउमाई आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

    खेलकुदका माध्यमबाट खेल पर्यटनको प्रवद्र्धन गर्न तथा ग्रामिण क्षेत्रमा खेलाडी उत्पादन गर्ने उद्येश्यले सो प्रतियोगिता फागुन ७ देखि १४ गतेसम्म सञ्चालन गरिने छ ।

    युनाइटेड देउमाई युथ क्लब र देउमाई नगरपालिकाले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । स्थानीय १६ युवाको सक्रियतामा दुई महिना अघि मात्र क्लब स्थापना भएको हो ।

    भानुभक्त माविको छात्राबास खेल मैदानमा सो प्रतियोगिताका खेल सञ्चालन हुने आयोजक समितिका अध्यक्ष हेमराज लिम्बूले जानकारी दिए ।

    प्रतियोगितामा जिल्ला बाहिरका तीनसहित आठ टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले एक लाख तथा उपविजेताले ५० हजार पुरस्कार प्राप्त गर्ने छ । प्रतियोगितामा जिल्लाका ओएसिस क्लब, हेलिबोथ एफसी बिब्ल्याँटे, पशुपति गण इलाम, भेनस एफसी फिक्कल र देउमाई युथ क्लब तथा सशस्त्र प्रहरी बल सुनसरी, डाँगिहाट एफसी बेलबारी र फिदिम स्पोर्टीङ्ग क्लब पाँचथरको सहभागिता रहने अध्यक्ष लिम्बूले जानकारी दिए ।

    नेपाल आइसको मुख्य प्रायोजन रहेको उक्त गोल्डकपको प्रथम पुरस्कार उसले नै प्रदान गर्नेछ । करिब २० लाख खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि हालसम्म पाँच लाख ५० हजार संकलन भएको बताइएको छ । देउमाई नगरपालिकाले तीन लाख सहयोग गरेको छ ।

    देउमाई नगरपालिका वडा नम्बर ५ ले रु ५० हजार तथा वडा नम्बर ४ ले ३० हजार सहयोग गरेको आयोजकले जनाएको छ ।

    २०७८, माघ २९ शनिवार०८:२४:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार