यूएईले नेपाललाई दियो १९३ रनको लक्ष्य

यूएईले नेपाललाई दियो १९३ रनको लक्ष्य

२०७८, माघ २९ शनिवार

  • 1.5K
    SHARES

  • यूएईले नेपाललाई दियो १९३ रनको लक्ष्य

    काठमाडौं । चारदेशीय टी -२० शृङखलामा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई १ सय १९३ रनको लक्ष्य दिएको छ ।

    ओमानको अल अमेरत क्रिकेट स्टेडियममा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तोे पाएको यूएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ९२ रनको योगफल तयार गरेको थियो ।

    युएईका लागि ओपनर चिराग सुरीले ५३ बलमा ५ चौका र ५ छक्कासहित ८४ रनको अविजित इनिङ खेले । यस्तै, रोहन मुस्तफा ३५ बलमा ४९ रन बनाएर पभेलियन फर्किएका थिए ।

    मुहमद वासिम १३ बलमा २२ , बासिल हमिदले १७ रन जोडे भने, मोहमद बोटाले १४ रनको योगदान गरे । नेपालको वलिङमा साहव अलाम, आरिफ शेख र सन्दीप लामिछानेले समान १ विकेट लिए ।

    आईसीसी टी–२० विश्वकपको तयारीस्वरुप आयोजित शृङखलको पहिलो खेलमा नेपालले आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको थियो । अन्तिम खेलमा नेपालले सोमबार आयरल्यान्डको समाना गर्नेछ ।

    २०७८, माघ २९ शनिवार०१:३२:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार