काठमाडौँ । कोरोना महामारीका कारण बन्द रहेका शैक्षिक संस्थाहरु आजबाट खुल्ने भएका छन् ।
कोरोना संक्रमण दर घट्दै गएपछि सरकारले स्वास्थ्य सुरक्षा मापदण्डा अपनाउँदै फागुन १ आज बाट विद्यालय तथा क्याम्पस संचालनको अनुमति दिएको हो ।
त्यस्तै, त्रिभुवन विश्वविद्यालयले पनि आजदेखि भौतिक उपस्थितिमै पठनपाठन गर्ने निर्णय गरेको छ ।
त्रिवि रजिस्ट्रार कार्यालयले सूचना जारी गरी पठनपाठन, परीक्षालगायत कार्यालयका सम्पूर्ण काम भौतिक उपस्थितिमै सञ्चालन गर्ने जनाएको छ ।
स्थानीय निकायसँग समन्वय गरी तोकिएका मापदण्ड पूरा गरेर भौतिक उपस्थितिमा कक्षा सञ्चालन, परीक्षा सञ्चालन, दैनिक प्रशासनिक कार्यसम्पादनको व्यवस्थाका लागि त्रिवि कार्यकारी परिषद्ले निर्णय गरेको छ ।
कोरोना सङ्क्रमण जोखिमका कारण त्रिविले गत माघ ९ विभिन्न तहका परीक्षा स्थगित गरेको थियो । गत मंगलबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले १ फागुनदेखि पठनपाठन र रोकिएका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।