प्रचण्ड र नेपालको प्रस्ताव : फागुन ४ गतेको प्रतिनिधिसभा बैठक सारौँ

प्रचण्ड र नेपालको प्रस्ताव : फागुन ४ गतेको प्रतिनिधिसभा बैठक सारौँ

२०७८, फाल्गुण १ आइतवार

  • 769
    SHARES

  • प्रचण्ड र नेपालको प्रस्ताव : फागुन ४ गतेको प्रतिनिधिसभा बैठक सारौँ

    काठमाडौँ । समसामयिक राजनीतिक विषयमा परामर्श गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपालको दिगो विकास गरिबी निवारणका लागि अमेरिकी अनुदान रु ५५ अर्ब सहायतालाई संसदबाट अनुमोदन गर्ने, घोषित स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नेलगायत विषयमा उनीहरूबिच परामर्श भएको थियो ।

    प्रमुख विपक्ष नेकपा(एमाले)का कारण प्रतिनिधिसभाको अवरोध हटाउन एकताबद्ध भएर अगाडि बढ्ने विषयमा समेत विचार विमर्श भएको थियो । छलफलका क्रममा माओवादी अध्यक्ष प्रचण्डले विपक्षी दलको मागलाई समेत दृष्टिगत गरी यही फागुन २ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा बैठक फागुन ४ का निम्ति प्रस्ताव गरेको बुझिएको छ ।

    सत्तारुढ गठबन्धनबिचको एकतालाई आगामी तीनै तहका निर्वाचनसम्म निरन्तरता दिने विषयमा पनि उनीहरूबिच मतैक्यता रहेको थियो ।

    २०७८, फाल्गुण १ आइतवार०७:४९:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार