प्रतिनिधि सभा बैठक फेरि स्थगित

प्रतिनिधि सभा बैठक फेरि स्थगित

२०७८, फाल्गुण १ आइतवार

  • 909
    SHARES

  • प्रतिनिधि सभा बैठक फेरि स्थगित

    काठमाडौँ । प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ। भोलि (सोमबार) का लागि लागि बोलाइएको बैठक विविध कारणले स्थगित भएको संसद् सचिवालयले जनाएको छ।

    सङ्घीय संसदका प्रवक्ता रोजनाथ पाण्डेले दिएको जानकारीअनुसार अर्को बैठक आगामी बुधबार दिउँसो १ बजेका लागि डाकिएको छ।

    यसअघि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले भोलिको बैठक सार्न आग्रह गरेको थियो।

    प्रतिनिधि सभाको बैठक यसअघि पटक-पटक स्थगित हुँदै आएको छ।

    एमसीसीका कारण संसद बैठक बस्न कठिनाई देखिँदै आएको छ । 

    २०७८, फाल्गुण १ आइतवार१२:३९:२२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार