एमालेले बोलायो सचिवालय र संसदीय दलको आकस्मिक बैठक

एमालेले बोलायो सचिवालय र संसदीय दलको आकस्मिक बैठक

२०७८, फाल्गुण १ आइतवार

  • 957
    SHARES

  • एमालेले बोलायो सचिवालय र संसदीय दलको आकस्मिक बैठक

    काठमाडौँ । सत्तापक्षले अचानक प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि प्रमुख विपक्षी नेकपा एमालेले सचिवालय र संसदीय दलको बैठक बोलाएको छ ।

    एमालेले बाहिर रहेका सबै सांसदहरूलाई काठमाडौँ बोलाएको छ ।

    महाअभियोगपछिको अवस्था विश्लेषण र एमालेको आगामी कदमबारे छलफल गर्न भोलि (सोमबार) दलको बैठक बोलाइएको उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

    नेम्वाङले आज (आइतबार) साँझ ६ बजे पार्टी सचिवालय र भोलि बिहान ११ बजे पार्टी संसदीय दलको बैठक बोलाएको जानकारी दिए ।

    २०७८, फाल्गुण १ आइतवार०३:२९:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार