काँग्रेस कार्यसम्पादन समितिको बैठक जारी

काँग्रेस कार्यसम्पादन समितिको बैठक जारी

२०७८, फाल्गुण १ आइतवार

  • 877
    SHARES

  • काँग्रेस कार्यसम्पादन समितिको बैठक जारी

    काठमाडौँ । नेपाली काँग्रेसको कार्यसम्पादन समितिको बैठक जारी छ । 

    गत बिहीबारदेखि ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा जारी कार्यसम्पादन समितिको बैठक अहिले २ बजेबाट बसेको हो ।

    बैठकमा यसअघि नै महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेका भ्रातृ तथा शुभेच्छुक संस्था, स्थानीय तहको निर्वाचनको तयारी लगायत विषयमा छलफल हुनेछ ।

    साथै, प्रधानन्यायधीशविरुद्व दर्ता भएको महाभियोग प्रस्ताव र संसद्‌बाट एमसिसी अनुमोदन गराउने विषयमा समेत छलफल हुने नेताहरूले बताएका छन् ।

    २०७८, फाल्गुण १ आइतवार०३:४६:२५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार