प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने एमालेको निर्णय

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने एमालेको निर्णय

२०७८, फाल्गुण २ सोमवार

  • 821
    SHARES

  • प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने एमालेको निर्णय

    काठमाडौँ । नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशरे जबराविरुद्धको महाअभियोग प्रस्तावलाई गम्भीर षड्यन्त्रपूर्ण र अदालतमाथिको प्रहार भन्दै त्यसको प्रतिवाद गर्ने निर्णय गरेको छ ।

    आइतबार बसेको एमाले सचिवालय बैठकले सत्तारुढ गठबन्धन दलका सांसदले पेश गरेको महाअभियोग प्रस्तावलाई लोकतन्त्र र सार्वभौमसत्तामाथिको प्रहार र स्थानीय तहको निर्वाचनलाई धकेल्ने षड्यन्त्र भएको निष्कर्ष निकालेको हो ।

    सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई बिथोल्ने र अदालतलाई सत्ताको निर्देशनमा चल्ने संस्था बनाउने उद्देश्यले महाअभियोग प्रस्ताव दर्ता भएको एमालेको ठहर छ ।

    सोहि विषयमा छलफल गर्न एमालेले आज संसदीय दलको बैठक समेत बोलाएको छ । 

    २०७८, फाल्गुण २ सोमवार०७:२६:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार