एमाले संसदीय दलको बैठक ११ बजे बस्दै

एमाले संसदीय दलको बैठक ११ बजे बस्दै

२०७८, फाल्गुण २ सोमवार

  • 993
    SHARES

  • एमाले संसदीय दलको बैठक ११ बजे बस्दै

    काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक बस्दै छ ।

    सत्ता गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता गराएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

    बैठक सोमबार (आज) बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ । बैठकमा संसदमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने एमालेले जनाएको छ ।

    २०७८, फाल्गुण २ सोमवार०७:३०:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार