टी–२० अन्तरराष्ट्रिय सिरिजमा आज नेपालले आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दै

टी–२० अन्तरराष्ट्रिय सिरिजमा आज नेपालले आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दै

२०७८, फाल्गुण २ सोमवार

  • 1.2K
    SHARES

  • टी–२० अन्तरराष्ट्रिय सिरिजमा आज नेपालले आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दै

    काठमाडौँ । चार देश सम्मिलित टी–२० सिरिजको आफ्नो अन्तिम खेलमा आज नेपालले आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ।

    ओमानको मस्कटस्थित अमेरत मैदानमा हुने खेल दिउँसो ३:४५ मा सुरू हुनेछ।

    सिरिजमा पहिलो खेलमा नेपालले घरेलु टिम ओमानलाई ६ विकेटले पराजित गरेको थियो। सो खेलमा नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरेका थिए।

    दोस्रो खेलमा भने नेपाल पराजित भएको थियो । नेपाललाई युएईले २५ रनले पराजित गरेको थियो। लगातार दुई खेलमा जित निकालेको युएई सिरिजको उपाधि नजिक छ। उसले आजै ओमानसँग खेल्दैछ।

    आयरल्यान्ड भने खेलेका दुई मध्ये एक खेलमा जित हात पार्दा एक खेलमा पराजित भएको थियो। आयरल्यान्डले पहिलो खेलमा ओमानलाई हराउँदा आइतबार भएको दोस्रो खेलमा युएईसँग पराजित भएको थियो।

    टी–२० मा नेपाल र आयरल्यान्डबीच अहिलेसम्म दुई पटक प्रतिस्पर्धा भएको छ। दुवै खेलमा आयरल्यान्ड विजयी भएको छ। आयरल्यान्डले नेपाललाई सन् २०१९ मा १३ रन र २०१५ मा ८ विकेटले पराजित गरेको थियो।

    नेपालले आइसिसी टी–२० विश्वकपको छनोटको तयारीस्वरूप टी–२० सिरिज खेलेको हो। नेपालले फागुन ६ गतेदेखि ओमानमै हुने छनोटमा प्रतिस्पर्धा गर्नेछ।

    नेपाली आइकन सन्दिप लामिछानेलाई आईपिएलमा नेपाली खेलाडी प्रति गरिएको व्यवहार र हेलालाई जवाफ दिने मौका समेत आजको प्रतिस्पर्धामा हुने छ । 

    २०७८, फाल्गुण २ सोमवार०८:५५:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार