जित नजिक पुगेर आयरल्यान्डसँग १६ रनले हार्यो नेपाल 

जित नजिक पुगेर आयरल्यान्डसँग १६ रनले हार्यो नेपाल 

२०७८, फाल्गुण २ सोमवार

  • 1.1K
    SHARES

  • जित नजिक पुगेर आयरल्यान्डसँग १६ रनले हार्यो नेपाल 

    काठमाडौं । नेपालले चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा आयरल्यान्डलाई हराउने सुनौलो अवसर गुमाएको छ । 

    ओमानमा जारी प्रतियोगितामा सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा टेस्ट मान्यताप्राप्त टोली आयरल्याण्डसँग १६ रनले पराजित भएको हो । 

    नेपालले कसिलो बलिंग र फिल्डिंग गर्दै आयरल्याण्डलाई एक सय २८ रनमा समेटेको थियो । नेपालल‍े निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ११ रन मात्र जोड्न सक्यो ।

    नेपालका दीपेन्द्रसिंह ऐरीले २८, आसिफ शेखले २३, कमलसिंह ऐरीले १३ र कुशल भुर्तेलले १५ रन बनाए। लोकेश बमले ६, ज्ञानेन्द्र मल्लले ५, कुशल मल्लले ९ र शरद भेषावकर १ रन बनाएर आउट भए । २६ रन जोड्दा पहिलो विकेट गुमाएको नेपाली खराब सटका कारण लगातार दबाबमा आएको थियो । नेपालले ६६ रन जोड्दा ५ विकेट गुमाइसकेको थियो ।

    त्यसअघि टस जितेर आयरल्यान्डलाई ब्याटिङ गर्ने जिम्मा दिएको नेपालका लागि ब्याटिङ अलराउन्डर दीपेन्द्रसिंह ऐरीले शानदार प्रदर्शन गरे ।

    आयरल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय २७ रन जोड्यो । दीपेन्द्रले ४ ओभरमा २१ रन खर्चिएर ४ विकेट लिए । टस जितेर पहिला बलिङ गर्ने कप्तान सन्दीप लामिछानेको निर्णयलाई बलरहरुले गतिलो साथ दिए ।

    दीपेन्द्रले टी(२० अन्तर्राष्ट्रिय क्रिकेटमा करियर बेस्ट बलिङ गरेका हुन्। यसअघि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले एक विकेट मात्र लिएका थिए। मिडियम पेस बलरले नेपाललाई बलियो सुरुवात दिलाएका थिए।

    मिडियम पेस बलरहरु अविनाश बोहराले दुई तथा जितेन्द्र मुखिया र कमलसिंह ऐरीले एक एक विकेट लिएका हुन्। १८ औँ ओभरमा विकेट लिँदै सन्दीप लामिछाने टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पुरा गर्ने पहिलो नेपाली बलर बनेका छन्।

    उनले २९ खेलमा ५० विकेटको सफलता हात पारेका हुन्। शृंखलाअन्तर्गत अघिल्ला दुवै खेलमा सन्दीपले एक एक विकेट लिएका थिए। पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा शनिबार यूएईसँग २५ रनले पराजित भएको थियो। 

    २०७८, फाल्गुण २ सोमवार०७:०८:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार