बङ्लादेशका विद्यालयहरू पुनः सञ्चालन गर्ने तयारी

बङ्लादेशका विद्यालयहरू पुनः सञ्चालन गर्ने तयारी

२०७८, फाल्गुण ३ मंगलवार

  • 1.2K
    SHARES

  • बङ्लादेशका विद्यालयहरू पुनः सञ्चालन गर्ने तयारी

    ढाका । बङ्लादेशका विद्यालयहरू पूनः सञ्चालन गर्ने तयारी भएको छ । 

    प्रधानमन्त्री शेख हसिनाले कोरोनाभाइरसको महामारी कम हुदै गएकाले विद्यालयहरू सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।उहाँका अनुसार यही फेब्रुअरीको अन्त्यदेखि देशभरीका सबै शैक्षिक संस्थाहरू सञ्चालन गर्ने तयारी भएको हो ।

    भौतिक रूपमा उपस्थित भएर अध्ययन गर्न नपाउँदा विद्यार्थीहरूले दिक्क मानेको, साथी तथा शिक्षकशिक्षिकालाई भेट्न खोजेको, कक्षाकोठा तथा विद्यालयमा रमाउन चाहेको पनि उनले बताए ।  

    प्रधानमन्त्री हसिनाले देशभरी खोप लगाएका विद्यार्थीहरूको सङ्ख्या, विद्यालयहरूको अवस्था, विद्यालय सञ्चालन गर्ने तरिकालगायतका विषयमा अध्ययन र छलफल भइरहेको जानकारी दिए ।    

    “अब अवस्था परिवर्तन र सुधार भएको छ भन्ने हामीलाई लागेको छ, त्यसैले अब विद्यालयहरू सञ्चालन गर्ने तयारी भइरहेको छ,” उनले भने । 

    बङ्लादेश सरकारले पछिल्लो पटक यही फेब्रुअरी ३ देखि २० सम्मका लागि विद्यालय बन्द गर्ने समयावधि थप गरेको छ । पछिल्लो पटक थपिएको समयावधि सकिन एक हप्ता बाँकी हुँदा प्रधानमन्त्री हसिनाले अव भने म्याद नथप्ने सङ्केत गरेका हुन् ।  

    कोरोनाभाइरसको महामारीका कारण सन् २०२० को मार्चदेखि अहिलेसम्म बङ्लादेशमा १९ लाख नौ हजार ६६४ जना सङ्क्रमित भएका छन् । पछिल्लो समय दैनिक औसतमा चार हजार नयाँ सङ्क्रमित थपिने गरेका छन् । 

    त्यसैगरी कोरोनाका कारण कूल २८ हजार ८१९ जनाको मृत्यु भएको पनि बङ्लादेशको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् । -एजेन्सी । 

    २०७८, फाल्गुण ३ मंगलवार०७:१२:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार