काँग्रेस संसदीय दलको बैठक बस्दै

काँग्रेस संसदीय दलको बैठक बस्दै

२०७८, फाल्गुण ३ मंगलवार

  • 897
    SHARES

  • काँग्रेस संसदीय दलको बैठक बस्दै

    काठमाडौँ । सत्तारूढ दल नेपाली काँग्रेस संसदीय दलको बैठक आज (मङ्गलवार) बस्दै छ।

    बैठक आज बिहान ९ बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरस्थित संसदीय दलको कार्यालयमा बस्नेछ ।

    कांग्रेससहित नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेरविरुद्ध महाअभियोग प्रस्ताव पेस गरेका थिए।

    यसै सन्दर्भमा छलफल गर्न काँग्रेसले संसदीय दलको बैठक बोलाएको हो। प्रतिनिधि सभा बैठक बुधवार बस्दै छ।

    यसअघि सोमबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दल बैठक बसेको थियो।

    प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराविरुद्ध सत्तारूढ गठबन्धनले महाअभियोग प्रस्ताव बढाएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि काउन्टरमा केही न्यायाधीशविरूद्ध महाअभियोग दर्ता गर्ने तयारी गरिरहेको छ।

    एमालेले प्रधानन्यायाधीश राणासँग संवैधानिक इजलासमा बेन्च सेयर गरेका चार जना न्यायाधीशविरूद्ध महाअभियोग दर्ता गर्ने तयारी गरेको हो। मङ्गलवार सम्म कुनै न कुनै न्यायाधीशविरूद्ध महाअभियोग दर्ता गरिने एमालेकै सांसद कृष्णभक्त पोखरेलले बताए।

    प्रतिनिधिसभा नियमावलीअनुसार कुनै पनि न्यायाधीशविरूद्ध महाअभियोग प्रस्ताव दर्ता भएको सात दिनपछि सभामुखले संसद्मा छलफल गराउनुपर्छ। सभामुखले छलफलपछि स्वीकृत गरेर महाअभियोग सिफारिस समितिमा पठाउनुपर्छ। बहुमतले स्वीकृत गरेपछि महाअभियोग प्रस्ताव समितिमा जान्छ।

    २०७८, फाल्गुण ३ मंगलवार०७:२२:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार