एमालेले माग्यो स्वास्थ्यमन्त्री खतिवडाको राजीनामा

एमालेले माग्यो स्वास्थ्यमन्त्री खतिवडाको राजीनामा

२०७८, फाल्गुण ३ मंगलवार

  • 689
    SHARES

  • एमालेले माग्यो स्वास्थ्यमन्त्री खतिवडाको राजीनामा

    काठमाडौँ । नेकपा एमालेले स्वास्थ्यमन्त्री विरोध खतिवडाको राजीनामा मागेको छ ।

    केपी शर्मा ओली नेतृत्वको सरकारका बेला आफूले कोरोनाविरुद्धको खोप पाँच हजारमा किनेर लगाएको अभिव्यक्ति दिएर मन्त्री खतिवडाले अफवाह फैलाएको एमाले स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुख योगेश भट्टराईले विज्ञप्तिमार्फत बताएका छन् ।

    एमालेले सिभिल अस्पतालमा कोरोना खोप लगाउने सांसदहरूको सूचीमा स्वास्थ्यमन्त्री खतिवडाको नाम पनि सार्वजनिक गरेको छ ।

    खतिवडाले हालै सगरमाथा टिभीको एक कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला कोभिडविरुद्धको पहिलो खोप पाँच हजार रुपैयाँमा ‘किनेर लगाएको’ दाबी गरेका थिए ।

    उनको अभिव्यक्ति गैर जिम्मेवार रहेको र यस्तो झुठो बोल्ने व्यक्ति मन्त्रीजस्तो गरिमामय पदमा बसिरहन नहुने भन्दै एमालेले राजीनामा मागेको हो ।

    एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘खोप किनेर लगाएको’ भन्ने स्वास्थ्यमन्त्री खतिवडाको उक्त भनाइ सरासर झुटो र अफवाहपूर्ण छ । सिभिल अस्पताल, बानेश्वरमा उहाँले पहिलो मात्रा खोप १९ फागुन २०७७ मा लगाएको अभिलेख सुरक्षित छ । तत्कालीन सरकारले १९–२१ फागुन ०७७ फागुनसम्म सङ्घीय संसद्का सदस्यहरूलाई सिभिल अस्पतालमा निःशुल्क खोप उपलब्ध गराएको बेला सिभिल अस्पतालको रजिस्टर ‘ख’ मा क्र.सं. ४८ मा दर्ता गरेर खोप लगाउनुका साथै हस्ताक्षरसमेत गर्नुभएको छ । उक्त अभिलेखमा ६२ वर्षका खतिवडाले ब्याच नम्बर ४१२० जेड ००४को कोभिसिल्ड खोप लगाएको स्पष्ट छ ।’

    bigyapti-1.pngbigyapti-2.png

    २०७८, फाल्गुण ३ मंगलवार०५:१०:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार