माओवादी संसदीय दलको बैठक बिहान १० बजे बस्दै, एमसीसीबारे निर्णय लिने

माओवादी संसदीय दलको बैठक बिहान १० बजे बस्दै, एमसीसीबारे निर्णय लिने

२०७८, फाल्गुण ४ बुधवार

  • 1.2K
    SHARES

  • माओवादी संसदीय दलको बैठक बिहान १० बजे बस्दै, एमसीसीबारे निर्णय लिने

    काठमाडौं। माओवादी संसदीय दलको बैठक दुई घण्टा सरेको छ । बिहान ८ बजेलाई तोकिएको बैठक १० बजे बस्ने भएको हो । 

    संसद बैठक बस्नुअघि नेकपा (माओवादी केन्द्र)को संघीय संसदीय दलको बैठक बसेर एमसीसीका विषयमा आफ्ना धारणा तय गर्न बैठक बोलाईएको हो । 

    माओवादीले यथास्थितिमा एससीसी पारित गर्न नहुने बताइरहेको छ ।

    संसद बैठक १ बजे बस्दैछ । संसद सचिवालयले हिजो जारी गरेको सम्भावित कार्यसूचीमा एमसीसीको विषय राखिएको छैन । हिजो प्रधानमन्त्री र कानूनमन्त्री लगायतले आज एमसीसी टेबुल गर्ने बताएका थिए ।

    संसद बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । र उक्त समितिको बैठकले संसदको कार्यसूची तय गर्नेछ । कार्यव्यवस्था समितिले संसदको कार्यसूचीमा एमसीसी पनि राख्ने सम्भावना छ ।

     

    २०७८, फाल्गुण ४ बुधवार०८:०५:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार