सुरक्षाका कारण आन्तरिक उडानमा टिकटको पूरा विवरण देखाउनुपर्ने

सुरक्षाका कारण आन्तरिक उडानमा टिकटको पूरा विवरण देखाउनुपर्ने

२०७८, फाल्गुण ४ बुधवार

  • 1.2K
    SHARES

  • सुरक्षाका कारण आन्तरिक उडानमा टिकटको पूरा विवरण देखाउनुपर्ने

    काठमाडौँ । सरकारले हवाईयात्रामा थप कडाई गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान यात्रा गर्न आउने यात्रुले अब पूरा विवरणसहितको टिकट देखाउनुपर्ने भएको हो ।

    सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी विमानस्थल प्रवेश गर्नुपूर्व अनिवार्यरूपमा पूरा विवरणसहितको टिकटको ‘प्रिन्टेड कपी’ वा डिजिटल कपी देखाउन भनिएको छ ।

    विमानस्थल सञ्चालन विभागले एक सूचना जारी गरी उक्त व्यवस्था यही फागुन ७ गतेदेखि लागू हुने जनाएको छ । कतिपय यात्रुले टिकटको पिएनआर कोडमात्रै देखाउने गरेको र उक्त कोडमा यात्रुको पहिचान नखुल्ने भएकाले उक्त व्यवस्था अनिवार्य गरिएको हो ।

    सूचनामा काठमाडौँबाट अन्यत्र यात्रा गर्दा टिकटमा उल्लेख भएको रिपोर्टिङ समय अनुसार अनिवार्यरुरूपमा समयमै विमानस्थल प्रवेश गर्न पनि अनुरोध गरिएको छ ।

    २०७८, फाल्गुण ४ बुधवार०९:००:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार