एमसीसी विरोधः माइतीघरदेखि संसद भवन बानेश्वरसम्म प्रदर्शनै प्रदर्शन

एमसीसी विरोधः माइतीघरदेखि संसद भवन बानेश्वरसम्म प्रदर्शनै प्रदर्शन

२०७८, फाल्गुण ४ बुधवार

  • 1.0K
    SHARES

  • एमसीसी विरोधः माइतीघरदेखि संसद भवन बानेश्वरसम्म प्रदर्शनै प्रदर्शन

    काठमाडौँ । एमसीसीको विरोधमा वानेश्वर क्षेत्र तनाग्रस्त बनेको छ । आज राजधानी काठमाडौँको माइतीघरदेखि संसद भवन रहेको बानेश्वर चोकसम्म सात वटा कार्यक्रम राखिएको छ ।

    सरकारले आज हुने प्रतिनिधिसभा बैठकमा एमसीसी अनुमोदनको लागि टेवल गर्ने सम्भवना बढेपछि विरोधका कार्यक्रम राखिएका हुन् ।

    बिभिन्न राजनीतिक दल, भ्रातृ संगठनहरुले विरोध कार्यक्रमको आयोजना गरेका छन् । विरोध कार्यक्रमका कारण माइतीघरदेखि बानेश्वरसम्मको सडकखण्ड दिनभरी प्रभावित हुने देखिएको छ ।

    एकैदिन धेरै पार्टी तथा भातृ संगठनले विरोधक कार्यक्रम राखेपछि उनीहरुको कार्यक्रमको समय पनि जुधेको छ ।

    नेकपा (माओवादी केन्द्र)निकट अनेरास्ववियू (क्रान्तिकारी) र वाइसीएल नेपालले यथास्थितिमा एमसीसी टेबल गर्ने कदमविरुद्ध संसद भवन बानेश्वर घेराउ कार्यक्रम राखेको छ ।

    नयाँ बानेश्वरस्थित एभरेस्ट होटल अगाडि बिहान ११ बजे विरोध कार्यक्रम गरिने अनेरास्ववियू (क्रान्तिकारी) र वाइसीएलले जनाएका छन् ।

    २०७८, फाल्गुण ४ बुधवार१२:०६:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार