नेपालसहित ८२ वटा मुलुकबाट दिल्ली जाने व्यक्तिलाई पीसीआर रिपोर्ट नचाहिने

नेपालसहित ८२ वटा मुलुकबाट दिल्ली जाने व्यक्तिलाई पीसीआर रिपोर्ट नचाहिने

२०७८, फाल्गुण ४ बुधवार

  • 1.0K
    SHARES

  • नेपालसहित ८२ वटा मुलुकबाट दिल्ली जाने व्यक्तिलाई पीसीआर रिपोर्ट नचाहिने

    नयाँदिल्ली । भारतले नेपालसहित ८२ वटा मुलुकबाट राजधानी दिल्ली जाने व्यक्तिलाई कोभिड-१९ परीक्षणको पीसीआर रिपोर्ट नचाहिने निर्णय गरेको छ । तर, यो सुविधा कोरोनाविरुद्धको खोप लगाएका यात्रुमा मात्र लागू हुने जनाइएको छ ।

    खोप नलगाएका व्यक्तिले भने अनिवार्य पीसीआर रिपोर्ट पेस गर्नुपर्ने छ ।

    त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जारी गरेको नयाँ यात्रा निर्देशिकामा यो व्यवस्था गरिएको हो ।

    दिल्ली जाने यात्रुले यात्रापूर्व हवाई सुविधा फर्म भने भर्नुपर्ने जनाइएको छ । यसअघि नेपालबाट दिल्ली जाने यात्रुलाई पीसीआर रिपोर्ट अनिवार्य थियो । नयाँ गाइडलाइनअनुसार अब खोप प्रमाणपत्र वा आरटी पीसीआर रिपोर्ट अपलोड गरे पुग्ने व्यवस्था छ ।

    ५ वर्षमुनिका बालबालिकाको हकमा भने पीसीआर रिपोर्ट वा खोप कार्ड नचाहिने व्यवस्था छ । -एजेन्सी । 

    २०७८, फाल्गुण ४ बुधवार१२:२३:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार