नयाँ शैक्षिक सत्रको पठनपाठन जेठदेखि 

नयाँ शैक्षिक सत्रको पठनपाठन जेठदेखि 

२०७८, फाल्गुण ५ बिहिवार

  • 1.1K
    SHARES

  • नयाँ शैक्षिक सत्रको पठनपाठन जेठदेखि 

    काठमाडौं । सरकारले नयाँ शैक्षिक सत्रको विषयमा रहेको अन्योलता टुंगो लगाएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्रको पठनपाठन जेठदेखि सुरु गर्ने भएको हो ।

    शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बुधबार बसेको बैठकले जेठ १ गतेदेखि पठनपाठन सुरु गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार चैत महिनाभरि पढाइ हुने र वैशाखमा परीक्षा सञ्चालन हुनेछ । वैशाखमै नतिजा प्रकाशन र नयाँ भर्ना प्रक्रिया पनि अघि बढ्ने छ ।

    २०७८, फाल्गुण ५ बिहिवार०७:२३:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार