विश्वविद्यालय खुलाउन माग गर्दै त्रिविका प्राध्यापकको मौन जुलुस

विश्वविद्यालय खुलाउन माग गर्दै त्रिविका प्राध्यापकको मौन जुलुस

२०७८, फाल्गुण ५ बिहिवार

  • 1.2K
    SHARES

  • विश्वविद्यालय खुलाउन माग गर्दै त्रिविका प्राध्यापकको मौन जुलुस

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले बन्दमुक्त विश्वविद्यालयको माग गरेका छन्। त्रिविका विभिन्न विभाग तथा संकायहरूका प्राध्यापकहरूले बिहीबार त्रिवि परिसरमा भेला भएर यस्तो माग राखेका हुन्। विद्यार्थी राजनीतिक संगठन तथा त्रिविकै शिक्षक कर्मचारीहरूले आफ्ना स्वार्थ पूरा गर्ने नाममा त्रिविमा ताला लगाउने गरेको उनीहरूको आरोप छ। उक्त परम्परालाई तोड्न विरोध गर्दै प्राध्यापकहरूले मौन र्‍याली गरेका हुन्। 

    त्रिभुवन विश्वविद्यालय, नेपाल प्रगतिशील प्राध्यापक संगठनले आयोजना गरेको मौन र्‍यालीमा प्राध्यापकहरूले प्लेकार्ड बोकेर १५ मिनेट मौनधारण गरेका थिए। पहिलो चरणमा शान्तिपूर्ण तरिकाले माग राख्ने र माग पूरा नभए अन्य धर्ना र प्रदर्शनका कार्यक्रम आयोजना गर्ने त्रिवि ग्रामीण संकायका केन्द्रीय सहप्राध्यापक सुमन खरेलले बताए। उनले यसबारेमा त्रिविमा पदाधिकारीसँग वार्तामा बस्ने र विश्वविद्यालयमा हुने बन्दका कार्यक्रम सदाका लागि रोक्ने जानकारी दिए। ‘यो वा त्यो नाममा त्रिविलाई प्रभावित पार्ने गतिविधिहरू भइरहेका छन्, त्यसले त्रिविको भविष्य विद्यार्थीको भविष्यमा ठूलो असर पार्छ,’ उनले भने, ‘यो विषयलाई हामीले नीति निर्माण तहमै पुर्‍याएर समाधान गर्न चाहन्छौँ।’ 

    विश्वविद्यालयमा चरम राजनीतिक गतिविधि बढेपछि त्यसलाई रोक्न त्रिविका प्राध्यापकहरूले माग राखेका हुन्। त्रिभुवन विश्वविद्यालय, नेपाल प्रगतिशील प्राध्यापक संगठनले त्रिविलाई सधैँ खुला राख्न अब हुने धर्नामूलक कार्यक्रममा सहभागी हुनसमेत प्राध्यापकहरूलाई आह्वान गरेको छ। 

    २०७८, फाल्गुण ५ बिहिवार०९:३०:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार