गौतमबुद्ध विमानस्थलमा आजदेखि क्यालिब्रेसन उडान

गौतमबुद्ध विमानस्थलमा आजदेखि क्यालिब्रेसन उडान

२०७८, फाल्गुण ६ शुक्रवार

  • 1.2K
    SHARES

  • गौतमबुद्ध विमानस्थलमा आजदेखि क्यालिब्रेसन उडान

    भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज शुक्रबारदेखि क्यालिब्रेसन उडान सुरु हुने प्राधिकरणले जनाएको छ ।

    उक्त प्रयोजनका लागि आजै एरो थाईको जहाज नेपाल आइसकेको छ । थाइल्याण्डबाट विहिवार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको उक्त ‘एचएस–एआइएम’ जहाज हिजै भैरहवा विमानस्थल पुगिसकेको प्राधिकरणका इञ्जीनियर मुलुक मिश्रले जानकारी दिए ।

    क्यालिब्रेसन उडानपश्चात अन्तर्राष्ट्रिय हवाई उडान मापदण्डबमोजिम रिपोर्ट प्रतिवेदन प्रकाशन गरी रिपोर्ट आएको दुई महिनापछि मात्रै ठूला जहाज सञ्चालनयोग्य हुने उनको भनाइ छ ।

    परीक्षण उडानपछि व्यावसायिक उडानको तयारी गरिनेछ । क्यालिब्रेसन उडान फागुन ६ देखि १५ गतेसम्म सञ्चालन हुनेछ । दैनिक सात घण्टाको उडान हुनेछ । उक्त अवधिमा विमानस्थलमा हाल सञ्चालन भइरहेको उडान केही डिले हुने प्राधिकरणले यसअघि नै वायुसेवा कम्पनीलाई अवगत गराइसकेको छ ।

    २०७८, फाल्गुण ६ शुक्रवार०८:००:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार