टी–२० विश्वकप छनोटमा नेपाल र ओमान भिड्दै

टी–२० विश्वकप छनोटमा नेपाल र ओमान भिड्दै

२०७८, फाल्गुण ६ शुक्रवार

  • 861
    SHARES

  • टी–२० विश्वकप छनोटमा नेपाल र ओमान भिड्दै

    काठमाडौं । आईसिसी टी–२० विश्वकप छनोट खेलका लागि आज नेपालले ओमानको सामना गर्दैछ । आजदेखि ओमानमा सुरु हुने प्रतियोगितामा नेपालसहित ८ टोली सहभागी छन्।

    नेपाल र ओमानबीचको खेल पौने १२ बजे ओमान एकेडेमीमा सुरु हुने छ। छनोट प्रतियोगिताका लागि नेपालले ओमानमै चारदेशीय सिरिज खेलेको थियो। उक्त सिरिजमा नेपालले ओमानलाई पराजित गरेको थियो भने अन्य दुई खेलमा हार व्यहोरेको थियो।

    दोस्रो खेल नेपालले फेब्रुअरी १९ मा खेल्ने छ । यस्तै नेपालले तेस्रो खेल क्यानाडाविरुद्ध फेब्रुअरी २१ मा खेल्ने तालिका रहेको छ।

    समूह चरणको खेलपछि शीर्ष दुई टोली दुवै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

    सेमिफाइनल खेलहरु फेब्रुअरी २२ तारिखमा हुनेछ । फाइनल भने फेब्रुअरी २४ तारिखमा हुनेछ ।

    फाइनल प्रवेश गर्ने दुवै टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–२० विश्वकपको लागि छनोट हुनेछन् ।

    २०७८, फाल्गुण ६ शुक्रवार०८:३२:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार