एमसीसीविरुद्ध विप्लव सहितको ८ दलीय मोर्चाले देशभर प्रदर्शन गर्दै

एमसीसीविरुद्ध विप्लव सहितको ८ दलीय मोर्चाले देशभर प्रदर्शन गर्दै

२०७८, फाल्गुण ६ शुक्रवार

  • 1.5K
    SHARES

  • एमसीसीविरुद्ध विप्लव सहितको ८ दलीय मोर्चाले देशभर प्रदर्शन गर्दै

    काठमाडौँ । अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध ८ दलीय मोर्चाले आज शुक्रवार देशभर संयुक्त प्रदर्शन गर्दै छन् ।

    नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वका नेकपा, क्रान्तिकारी माओवादी, मसाल, राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी पार्टी लगायत ८ दलीय मोर्चाले प्रदर्शन गर्ने लागेको हो ।

    काठमाडौँको माइतीघरदेखि नयाँ बानेश्वर संसद् भवन अगाडिसम्म प्रदर्शन गर्ने कार्यक्रम रहेको ८ दलीय मोर्चाको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

    बिहीबार साँझ जारी संयुक्त प्रेस विज्ञप्तिमा एमसीसी विरोधी आन्दोलनका क्रममा फागुन ४ गते संसद् भवनबाहिर सरकारी दमनबाट घाइते भएकाहरूको निःशुल्क उपचार र हिरासतमा राखिएका आन्दोलनकारीलाई रिहा गर्न माग गरिएको छ ।

    एमसीसी सम्झौता विरुद्धको सङ्घर्ष झन् पेचिलो र सशक्त बन्दै गएको उनीहरूको भनाइ छ । अमेरिकी साम्राज्यवादले जबरजस्ती लाद्न खोजेको एमसीसीका विरुद्ध राष्ट्रिय स्वाधीनताको रक्षाको यो सङ्घर्षलाई सफलीभूत बनाउन आम देशभक्त जनसमुदायसँग गहिरो अपिल गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

    २०७८, फाल्गुण ६ शुक्रवार०९:५२:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार