काठमाडौं । विहिवार राती प्रधानमन्त्री शेर वहादुर देउवाले एमाले अध्यक्ष ओलीलाई बालकोटस्थित निवासमै पुगेर भेटेका छन् ।
एमसीसी प्रकरणले सत्ता साझेदार दल माओवादी केन्द्र, एकिकृत समाजवादी र जसपा सहितको गठबन्धनमा रहेर चेपुवामा परेको महशुस प्रधानमन्त्री देउवाले गरेका छन् । उक्त दलले यथास्थितिमा एमसीसी पारित गर्न नहुने अडान राखेपछि प्रधानमन्त्री विकल्प खोज्दै बालकोट पुगेका अनुमान गरिएको छ ।
प्रमुख प्रतिपक्षी नेता एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन टुटाउने शर्तमा कांग्रसलाई सहयोग गर्ने वत्रनवद्धता गरेका समाचार यस अघि नै प्रशारित भईसकेका छन् । अमेरिकाको चर्को दबाब महशुस गरेका प्रधानमन्त्री देउवा फागुन १६ को बटमलाइनले जेलिएको अवस्थामा छन् ।
एमसीसी अन्तिम निष्कर्षमा पुर्याउने चुनौति सम्मुख रहेका देउवा गठबन्धन भन्दा पनि प्रतिष्ठा बचाएर लानुपर्ने मनस्थितिमा रहेका बुझिएको छ । बालकोट बसाईका भित्रिकुरा सार्वजनिक नभएपनि सत्ता सहकार्यका लागि देउवाले ओलीलाई आव्हान त गरेनन् प्रश्न उठेका छन् । एमसीसी पारित गराएर एमाले सँगै सहकार्य गर्दै चुनावी सरकारमा त देउवा जाँदैनन् भन्ने रामचन्द्र पौडेलको भनाई सत्य होला या नहोला गम्भिर परिस्थितिको दोसाँधमा देउवा छन् ।
गठबन्धन टुट्दा पानी बिनाको माछाको हालतमा पुग्ने अन्य सत्ता साझेदार दलको अवस्था बुझेका देउवाले घुर्क्याउन मात्र ओली भेटेका त हैनन् प्रश्न गर्नेको जमात पनि ठूलो छ ।
कम बोल्ने राजनीतिका चतुर खेलाडी देउवाको हाउभाउ बुझ्न भने अझै दुई - तिन दिन कुर्न पर्ने देखिएको छ ।