भारतमा करिब २६ हजार कोरोनाका नयाँ सङ्क्रमित

भारतमा करिब २६ हजार कोरोनाका नयाँ सङ्क्रमित

२०७८, फाल्गुण ६ शुक्रवार

  • 817
    SHARES

  • भारतमा करिब २६ हजार कोरोनाका नयाँ सङ्क्रमित

    नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा २५ हजार ९२० जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले शुक्रबार बिहान जानकारी दिएका छन् ।

    यसैसँगै भारतमा कोरोना सङ्क्रमण शुरु भएयता हालसम्म चार करोड २७ लाख ८० हजार ३१५ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ  । 

    सोही अवधिमा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या भने ६६ हजार २५४ रहेको छ । एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित भएकाको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । भारतमा कोरोनाका चार करोड १९ लाख ७७ हजार २३८ जना सङ्क्रमण मुक्त भएका छन् ।  
     
    अधिकारीका अनुसार, भारतमा अहिले कोरोनाभाइरसबाट सक्रिय सङ्क्रमितको सङ्ख्या दुई लाख ९२ हजार ९२ रहेको छ । 
    कोरोनाभाइरसका कारण भारतमा पछिल्लो एक दिनमा ४९२ को मृत्यु भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन ।

    यससँगै भारतमा कोरोना सङ्क्रमणको कारण हालसम्म पाँच लाख १० हजार ९०५ को मृत्यु भइसकेको समाचारमा जनाइएको छ । एजेन्सी ।

    २०७८, फाल्गुण ६ शुक्रवार०२:३०:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार